1.
संध्या को सुन्दर दृष्याबली मा मुग्ध हुँदै
कल्पना को मिठो अनुभूति मा
चुर्लुमिन्न खोज्छु
तर...प्रयाश प्रयाश मै अड़किन्छ I
2.
म कसलाई भनुं
मेरो मुखको हाँसो
मात्र
छिया छिया परेको मुटु को रोदन माथि को
एक बाक्लो पर्दा हो भनी जेष्ठ ३, २०३५ काठमाडौँ
3.
जिन्दगी भर भटकिरहने कर्म बोकी
भटकिरहेछु यस अन्धकार बाटोमा पनि
मात्र आफ्नो सहि दिशा को खोज मा
तर मेरो खोजि, खोजि मै बित्दछ
किन कि,
प्रकाशको अभाबमा म प्रत्येक तरफ देख्छु
अन्धकार, मात्र गहन अन्धकार
किनकि, प्रकाश बिनाको यस बाटोमा
मेरो सहि बाटोको अपहरण भै सकेको रहेछ
त्यसकारण,
भत्कीरहेछु, मात्र आफ्नो बाटोको खोजमा,
अनि जिन्दगीको सहि दिशाको खोजमा,
एक प्रकाशको खोजमा,
जसले मेरो बाटोको अन्धकार भगाउने छ श्रावण १९, २०३५ काठमाडौँ
4. आडम्बर
मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ
एक लाश माथि,
एक अभागी माथि,
किन कि
मसानले देखि रहेकै हुन्छ
मलामी आएका ती आँखाहरु मा
लुकेका हाँसोहरु
प्रफुल्लित भावनाहरु
अनि
आडम्बर सहितको शोक हरु...... आषाढ १८, २०३५ काठमाडौँ
5. बाध्यता
बाध्यता ले भरिएको यो जिन्दगिमा
बाँच्नु पनि एक बाध्यता
अनि
दुइ मुखे र दुइ जिब्रेहरु लाई
बिश्वास गर्नु पर्ने बाध्यता
बाध्यता ले नछोडेको यो जिन्दगि मा
छुडाउन नसकेको बाध्यता.......
6. संसार
कहिले काँही म सोच्छु
आफै लाई प्रश्न गर्छु
कि किन यो संसार यती बिशाल छ ?
कल्पनै गर्न पनि कति भएंकर छ
कि त्यस भित्र
एक्लो.... अथाह एक्लो
जिउन बाध्य परोस.....
7. सम्झना
हर क्षण तिम्रो सम्झना मा कल्पिरहन्छु
तिमि संग भेट नहुँदा धेरै तड्पी रहन्छु
जति बिर्सन खोज्छु तिमि लाई
त्यति धेरै तिमि लाई सम्झी रहन्छु
8. बिबसता.....
म
एक अपुरो कथा
आफ्नो अन्त्यको खोज मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
कलम नै रुकी सकेको छ.
म
एक लक्ष्य बिहिन यात्री
आफ्नो अन्त्य को खोज मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
खुट्टा नै रुकी सकेको छ.
म
मात्र एक जिउँदो लाश
आफ्नो चिताग्नी को प्रतिक्षा मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
समय नै रुकी सकेको छ. १८ असार २०३५
9. अनुरोध.....
पर्ख !
न जाऊ !
मेरो अनुरोध किन सुन्दैनौ तिमि?
कि तिमीले सबै बिर्सी दियौ
संगै बाच्ने संगै मर्ने भनेका ति बाचा हरु....
सुखद भबिष्य को सपना बोकेका हाम्रा ति अनगिन्ती रात हरु.....
बसन्त ले भरिएका ति सुखद क्षणहरु.......
न्यानो घाममा खेलिएका ति समुन्द्रका लहरहरु.....
दुवै मिली बनाएका ति बरफ का मान्छेहरु...
या ति सब थिए मात्र मेरा एक अनन्त सपना
या ति सब थिए तिम्रा लागि मात्र एक खेल l
पर्ख ! न जाऊ ! र सुन !
मेरो मुटुको धुकधुकी, जसले तिमिलाई बोलाई रहेछ
मेरो आत्माको चित्कार, जसले तिमिलाई रोकि रहेछ
यदि केहि सुन्न सक्दैनौ भने....
यदि जान नै चाहन्छौ भने....
रोक्ने छैन मैले तिमिलाई
तर मलाई थाहा छ
मलाई दुखि रहने छ
मुटु भतभती पोली रहनेछ
म मरे तुल्य नै हुने छ
तर समय रुकने छैन
जिन्दगि अगाडी बढ्ने नै छ l
हुन सक्छ कहीं कोहि फेरी भेट हुनेछ
पुराना कथा झैँ दिनहरु फेरी दोहरिने छ
तर तिमिले दिएका घाऊहरु रही रहने छन्
बल्झी रहने छन्
पुरानो आगो ले पोली रहने छन्
त्यसैले मेरो अनुरोध छ तिमि लाई
समय अझै छ, अबेर भएको छैन
मेरो कुरा सुनी देउ
फेरी पनि भन्दै छु
पर्ख ! न जाऊ ! 16 June 1986, Sofia
Originally written in Bulgarian
Translated in Nepali
संध्या को सुन्दर दृष्याबली मा मुग्ध हुँदै
कल्पना को मिठो अनुभूति मा
चुर्लुमिन्न खोज्छु
तर...प्रयाश प्रयाश मै अड़किन्छ I
2.
म कसलाई भनुं
मेरो मुखको हाँसो
मात्र
छिया छिया परेको मुटु को रोदन माथि को
एक बाक्लो पर्दा हो भनी जेष्ठ ३, २०३५ काठमाडौँ
3.
जिन्दगी भर भटकिरहने कर्म बोकी
भटकिरहेछु यस अन्धकार बाटोमा पनि
मात्र आफ्नो सहि दिशा को खोज मा
तर मेरो खोजि, खोजि मै बित्दछ
किन कि,
प्रकाशको अभाबमा म प्रत्येक तरफ देख्छु
अन्धकार, मात्र गहन अन्धकार
किनकि, प्रकाश बिनाको यस बाटोमा
मेरो सहि बाटोको अपहरण भै सकेको रहेछ
त्यसकारण,
भत्कीरहेछु, मात्र आफ्नो बाटोको खोजमा,
अनि जिन्दगीको सहि दिशाको खोजमा,
एक प्रकाशको खोजमा,
जसले मेरो बाटोको अन्धकार भगाउने छ श्रावण १९, २०३५ काठमाडौँ
4. आडम्बर
मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ
एक लाश माथि,
एक अभागी माथि,
किन कि
मसानले देखि रहेकै हुन्छ
मलामी आएका ती आँखाहरु मा
लुकेका हाँसोहरु
प्रफुल्लित भावनाहरु
अनि
आडम्बर सहितको शोक हरु...... आषाढ १८, २०३५ काठमाडौँ
5. बाध्यता
बाध्यता ले भरिएको यो जिन्दगिमा
बाँच्नु पनि एक बाध्यता
अनि
दुइ मुखे र दुइ जिब्रेहरु लाई
बिश्वास गर्नु पर्ने बाध्यता
बाध्यता ले नछोडेको यो जिन्दगि मा
छुडाउन नसकेको बाध्यता.......
6. संसार
कहिले काँही म सोच्छु
आफै लाई प्रश्न गर्छु
कि किन यो संसार यती बिशाल छ ?
कल्पनै गर्न पनि कति भएंकर छ
कि त्यस भित्र
एक्लो.... अथाह एक्लो
जिउन बाध्य परोस.....
7. सम्झना
हर क्षण तिम्रो सम्झना मा कल्पिरहन्छु
तिमि संग भेट नहुँदा धेरै तड्पी रहन्छु
जति बिर्सन खोज्छु तिमि लाई
त्यति धेरै तिमि लाई सम्झी रहन्छु
8. बिबसता.....
म
एक अपुरो कथा
आफ्नो अन्त्यको खोज मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
कलम नै रुकी सकेको छ.
म
एक लक्ष्य बिहिन यात्री
आफ्नो अन्त्य को खोज मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
खुट्टा नै रुकी सकेको छ.
म
मात्र एक जिउँदो लाश
आफ्नो चिताग्नी को प्रतिक्षा मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
समय नै रुकी सकेको छ. १८ असार २०३५
9. अनुरोध.....
पर्ख !
न जाऊ !
मेरो अनुरोध किन सुन्दैनौ तिमि?
कि तिमीले सबै बिर्सी दियौ
संगै बाच्ने संगै मर्ने भनेका ति बाचा हरु....
सुखद भबिष्य को सपना बोकेका हाम्रा ति अनगिन्ती रात हरु.....
बसन्त ले भरिएका ति सुखद क्षणहरु.......
न्यानो घाममा खेलिएका ति समुन्द्रका लहरहरु.....
दुवै मिली बनाएका ति बरफ का मान्छेहरु...
या ति सब थिए मात्र मेरा एक अनन्त सपना
या ति सब थिए तिम्रा लागि मात्र एक खेल l
पर्ख ! न जाऊ ! र सुन !
मेरो मुटुको धुकधुकी, जसले तिमिलाई बोलाई रहेछ
मेरो आत्माको चित्कार, जसले तिमिलाई रोकि रहेछ
यदि केहि सुन्न सक्दैनौ भने....
यदि जान नै चाहन्छौ भने....
रोक्ने छैन मैले तिमिलाई
तर मलाई थाहा छ
मलाई दुखि रहने छ
मुटु भतभती पोली रहनेछ
म मरे तुल्य नै हुने छ
तर समय रुकने छैन
जिन्दगि अगाडी बढ्ने नै छ l
हुन सक्छ कहीं कोहि फेरी भेट हुनेछ
पुराना कथा झैँ दिनहरु फेरी दोहरिने छ
तर तिमिले दिएका घाऊहरु रही रहने छन्
बल्झी रहने छन्
पुरानो आगो ले पोली रहने छन्
त्यसैले मेरो अनुरोध छ तिमि लाई
समय अझै छ, अबेर भएको छैन
मेरो कुरा सुनी देउ
फेरी पनि भन्दै छु
पर्ख ! न जाऊ ! 16 June 1986, Sofia
Originally written in Bulgarian
Translated in Nepali
nice one!
ReplyDeleteThank you...
ReplyDelete