Friday, February 15, 2013

तिमि बिना....

तिमि पाउने सपना देख्नु, मेरो लागि पाप भो
छातीमा मुटु पोल्छ, जिन्दगी एक श्राप भो |

संगै जिउने संगै मर्ने, बाचा धेरै खाए पनि
मलाई छोडी तिमि गयौ, सपना सबै सखाप भो |

सपनामा आउँछौ तिमि, मैले नबोलाए पनि
बिपनामा तिमि हुन्नौ, जिन्दगी अभिशाप भो |

धेरै प्रयास गरें मैले, धेरै पल्ट बुझाए पनि
तिमीले नै नबुझे पछी, बेकारको आलाप भो |

बाँच्न अब रहर छैन, साँस अझै फेरे पनि
तिमि बिना यो जिन्दगी, मात्र करकाप भो |

No comments:

Post a Comment