Tuesday, February 19, 2013

तिम्रो माया....


किन होला यस्तो माया, तिमि संग बस्न पुग्यो
चालै नपाई मेरो मुटु, तिमि भित्र पस्न पुग्यो

माया गर्नु हुन्न भन्थें, माया बाट भागी हिंड्थे
कस्तो टुना तिमीले गर्यौ, तिमि संगै फस्न पुग्यो

झुठो माया भए हुन्थ्यो, भमरा सरि उडी हिंड्थे
बेहोशि मै तिमि संग, चोखो माया कस्न पुग्यो

तिम्रो हाम्रो मिलन संगै, सुखी जिबन बाँची हिंड्थे
तर समाजको बक्र दृष्टि, हामी माथि खस्न पुग्यो

समाज को कस्तो नियम, मानिस मानिस फरक देख्ने
छुवाछुत को जहर ले, हामी लाई डस्न पुग्यो

No comments:

Post a Comment