Sunday, April 01, 2012

जतिको माया....

शब्द: चेतन कार्की; संगीत: व्हि. बलसारा; चलचित्र: "परिबर्तन"
स्वर: नारायण गोपाल, तारा देबी र समुह

जतिको माया मेचीलाई, उति महाकालीलाई
मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई
अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई
होड अनेकौं गर्दैछिन्, जिउंदै स्वर्ग छुनलाई

हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो
भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो

आह्वान युगको यहि छ, कोटी नेपालीलाई
मायाले बाँधी....

जागृतिको जोस जुन जन-जिबनमा जागेछ
नेपालीको आँगनमा जुन नौलो घाम लागेछ
व्यर्थै सेलाएर त्यो खेर ही, जान नपाओस
प्रगति हाम्रो देखेर, संसारले आँखा फैलाओस
जरो उखेली नासिदिउन, फटाहा र जालीलाई
मायाले बाँधी....

बस्ने बेला छैन अब, झिलिमिली झुलेर
फर्केका गाउँका डांडा काँडा, कुना काप्चा डुलेर
अल्मलिएका गाउँलेहरुमा ज्ञानको ज्योति चम्काई
देशको गर्नु छ विकास, प्रगति पथमा लम्काइ
शिखरमा पुर्याउनु छ हेर, नेपाल

बैनीको दया छ भने....


शब्द: चेतन कार्की; संगीत: व्हि. बलसारा; चलचित्र: "परिबर्तन"
स्वर: नारायण गोपाल, तारा देबी र समुह

केटा - बैनीको दया छ भने, रोदी घरमा दाई नाच्यो नभने
बैनीको दया...

केटा - धर्ति फोरी टुसाएको, बाँसको छोरो तामा
तन्नेरीलाई सोल्टी भन्ने, मै बुढालाई मामा

केटि - सीम खेतिलाई सीमको पानि, टारी खेतलाई कुलो
सुन र चाँदी भन्नु मात्रै, माया रहेछ ठुलो
बैनीको दया....

केटा - पाकीमा हाल्यो अमचुरै दाना, भुइँ झरे कुहुने
न्याउली जस्तो म कराईरहने, भेट कहिल्यै नहुने
बैनीको दया....

तिमीले मलाई....

शब्द: चेतन कार्की; संगीत: व्हि. बलसारा; चलचित्र: "परिबर्तन"
स्वर: नारायण गोपाल र मिरा राणा

केटि - तिमीले मलाई सम्झने छैनौ आज त नभन
मलाई भने बढेर आउला पापीको माया झनझन

केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना
डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना

केटि - रात भरि म बसुँला तारालाई गनेर
बिर्सेर पनि सम्झेर कहिले, आउँछौ की भनेर

केटा - पिरती तिम्रो जिन्दगि भरि, मुटुमा हाय माया साचुँला
बिर्सेर तिम्रो गाजलु आँखा कसरि हाय माया बाँचुँला

Saturday, March 31, 2012

हिमाल सरि......


शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र अरुणा लामा

केटा - हिमाल सरि म अग्लीरहेछु
समात समात समात मलाई

केटि - बादल सरि म पग्लीरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

केटा - यी तारा कति छन्, म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ वरले पिपल अंगालेर बस्छ
तिम्रो मेरो साइनो उतैतिर खोज, उतैतिर सोध

केटि - दुलही सरि म सजिरहेछु, उचाल उचाल उचाल मलाई
म खोला बनेर सुस्तरी आउँला
तिम्रो सागरमा कहिं ठाउं देउ
तिम्रा सारा तृष्णा मै मेटीदिउँला
मलाई तिमि नै समेटिन देउ, समेटिन देउ

केटा - आकाश सरि म फैलीरहेछु अंगाल अंगाल अंगाल मलाई
केटि - म बादल सरि पग्लीरहेछु
केटा - हिमाल सरि म अग्लीरह

छोरीको जन्म....

शब्द: चेतन कार्की; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी यहाँ

न कुनै जन्ती, न दुल्हा राजा
न त कुनै डोली न पन्चे बाजा
यो कस्तो बिदाई चेलीको आज
यहाँ रुन्छन आमा-बाबु साथी समाज
यो जन्मको धर्ति, यो खेलेको आँगन बिर्सेर जाने कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी कहाँ
छोरीको जन्म....

न त कोहि देख्छन, कलेजिको घाउ
मानिसको सागरमा धड्केको नाउ
काँडै काँडा लाग्छन सबै टेक्ने ठाउं
छिया छिया मुटु, चिरा चिरा पाउ
मन खाने कसको बुझिदिने को छ, अबलाको मर्म कहाँ
त्यो आमाको काख, बाबुको आशिष मायालु कहाँ हो कहाँ
छोरीको जन्म....

विरहमा मिलनको बरु आशा हुन्छ
मिलनमा बिछोडको संधै त्रास हुन्छ
बरु भाबी तैंले सबै दु:ख नलेख्नु
यो कस्तो जीबन, यो कस्तो बन्धन न रुनु न हाँस्नु जहाँ
ढुकढुकी मनको, ज्योति नयनको, हुँदैछ पराई यहाँ
छोरीको जन्म....

झलमल्ल हुँदैछ, यता सिउँदो खाली
टलपल छन् आँखा सिन्दुर हाली
सुबास छर्छ कहिं खुसीको बतास
कतै आँधी हुरी निराशै निराश
कहिं जन्ती बाजा कतै ठाडो शंख बताउँछन् मलामी यहाँ
डोली न डोली दुवै चढे डोली, तर यो कहाँ त्यो कहाँ
छोरीको जन्म....

बाँची दिन्छु तिम्रै निम्ति....

शब्द: गोपाल योन्जन; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

बाँची दिन्छु तिम्रै निम्ति
मरी दिन सक्तिन
लाखौं बाधा यो प्रीतिको
सबै रिझाउन सक्तिन

सन्ताप पनि दिन सक्छु
म बैकुण्ठ दिन यहाँ सक्तिन
उज्यालो देखि डर लाग्छ भने
म घाम डुबाउन सक्तिन

बिउँझिदिन्छु डरको निम्ति
तर पनि जोगाउन सक्तिन
मायाले गाली राखौला
टाढा देखि गर्न सक्तिन

मेरो मायाको सास्ती दिन तिमीलाई
ताज बनाउन सक्तिन
बिश्वासहरु माग्दिन भने
तिमि पीर बनाउन सक्तिन

झुठ पनि यति मिठो....

शब्द: राम मान "तृषित; संगीत:शिबशंकर
स्वर: नारायण गोपाल

झुठ पनि यति मिठो बोलेर, मनमा प्यार जगाई दियो
छकाएर तिमीलाई भाग्न नसक्ने, मायाको बार लगाई दियो

यति राम्रोसंग गल्तीलाई ढाक्ने, तिम्रो कलाको तारिफ गर्छु
ढाँटेको बोलि पनि गीत जस्तै, तिम्रो कलाको तारिफ गर्छु

यो जोडी मेरो सपनाबाट, शंका हजार भगाइदियो
यसरि यो बागमा, आयो की अर्कै, कुनै फूल देख्न नसक्ने भएँ म

यति नजिकै पुगेको तिम्रो, कुनै भूल देख्न नसक्ने भएँ म
लाग्छ मलाई, कहिं स्वर्गबाट नौलो बहार भगाईदियो

बीरताका चिनो....

शब्द: तुलसी घिमिरे, रणजित गजमेर; संगीत: रणजित गजमेर; चलचित्र: "लाहुरे"
स्वर: नारायण गोपाल

बीरताका चिनो, बीरको सन्तान
शहिदको रगत, लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी

जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ, नयाँ इतिहासको नौलो बिहानी
बीरताका चिनो, बीरको सन्तान...

झरना जस्तै चोखो रगत मागेर, खोलाको बग्ने उमंग लिएर
पहाडको अटल बिश्वास मागेर, हिमाल झैं निधार सिंगारी दिन्छु
अब तिमीले यहाँ सजाउनु छ, आफ्नै धर्तीमा माटोको सिरानी
बीरताका चिनो, बीरको सन्तान...

गर्भ मै सिक्यो खुकुरी चलाउन, पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमि संसारै जित्ने, पर्दैन बनको काँडालाई तिखार्न
अब खुकुरिसित कलम यो दिन्छ, तिमीलाई मेरो निशानी
बीरताका चिनो, बीरको सन्तान...
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी
बीरताका चिनो, बीरको सन्तान...

जन्मेर कोखमा....

शब्द: तुलसी घिमिरे; संगीत: रणजित गजमेर; चलचित्र: "चिनो"
स्वर: नारायण गोपाल

जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो, भाबिले के लेखिदियो
जन्मेर कोखमा कसैको....

कसले छोडेको, कसको नासो हो यो
जिन्दगीको अनौठो नाता
को हो आफ्नो, को हो बिरानो
के होला यो रगतको नाता
जन्मेर कोखमा कसैको.... भाबिले के लेखिदियो
जन्मेर कोखमा कसैको....

खोजिहिंड्छ आमाको न्यानो काख
मायालु छहारी कसैको
भाग्य सबैलाई कहाँ पुग्छ र
संसारमा विधिले लेखेको
जन्मेर कोखमा कसैको.... भाबिले के लेखिदियो
जन्मेर कोखमा कसैको....

कस्तो पीर यो, समयले दिएको
भुलाईदेला समयले एक्कै छिन
भुलेको सपना, झस्काउला कुनै दिन
भरिएला त्यो घाउ एक दिन
जन्मेर कोखमा कसैको.... भाबिले के लेखिदियो
जन्मेर कोखमा कसैको....

Friday, March 30, 2012

मेरो प्यारो ओखलढुंगा....

शब्द: सिद्धिचरण श्रेष्ठ; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

तिम्रै सुन्दर हरियालीमा, तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशबकाल बित्यो
हाँस्यो, खेल्यो, बन कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा

जब म चढेर भाबको डुंगा शैर गर्छु स्मृतिको गंगा
स्वप्न गगनबाट शुशीतल जल
सुस्मृतिको बर्षन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा

बसन्त आंचल पक्री, मलाई कति खोज्दै हुन प्रकृति
मृग-बच्चाहरु उफ्री-उफ्री
तरुलतीका हल्ली हल्ली
मेरो प्यारो ओखलढुंगा

ती अटुट परिश्रमी पतकर द्रुतगामी निर्झर तुल्य चपल
बहँदै बन-बनमा चारैतिर
खोज्दा हुन मेरो पदका पथ
मेरो प्यारो ओखलढुंगा

पर्दावाला सुन्दर पल्लवित वृक्षखोपीमा कालो कोकिल
उनको यो बियोगप्रिय कविको
कति मृदु बिरह गित रच्तो हो
मेरो प्यारो ओखलढुंगा

त्यो ढुंगा, त्यो खोला, त्यो रुख, त्यो बन, त्यो लतिका त्यो बिस्मुख
यो हृदय केन्द्रमा स्नेह जडित
चम्काई रहेछ आज क्षण-क्षण
मेरो प्यारो ओखलढुंगा

त्यो तामाकोशी, सुनकोशी, त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पबित्र
मेरो प्यारो ओखलढुंगा

भाग्यको लहरमा लहरी-लहरी, पुगें यस मरुस्थलमा कसरि
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदय भरि
मेरो प्यारो ओखलढुंगा

कसरी म भुलेँ....

शब्द: भिम बिराग; संगित: मधु क्षेत्री
स्वर – नारायण गोपाल

कसरी म भुलेँ,

के मा म भुलेँ
तिम्रो ओठमा,

तिम्रो मुस्कानमा
आँखामा कि भाकामा,

कसरी म भुलेँ

पानी भित्र डुबी बस्छ,

चन्द्रमाको छायाँ
सपना भित्र मन भुल्छ,

मन भित्र माया
तिम्रो रूपमा कि रंगमा,

के मा म भुलेँ

गहिराईमा सागर भुल्छ,

सागरमा पानी
तिमीलाई खोजि बस्छ,

आँखाका यी नानी
तिम्रो साथले कि बातले,

के ले म भुलेँ

मौन छु आँशु पिई....

मौन छु आँशु पिई, पिर जब ओर्लिन्छ
तिमीले साँची साँची नयन किन गर्दिन
आज थाकी थाकी पाइला सर्दै सर्दैन

हाँसो खुशी र चैन सबै मलाई चाहिन्न
अनि देउ पछी यहि गुनासो म सुन्दिन
बिरह व्यथा बढी प्यार मेरो सम्हालिन्छ
तारा हांसी हांसी जलाऊ म केहि भन्दिन

उनैको जित सहि कसैको बैरी बन्दिन
म पिउनु परे बिष पनि पछाडी हट्दिन
काथर भई मृत्यु सित मर्न सक्दिन
गाउँछु एक घडी प्यार मेरो सम्हालिन्छ

लुकुं लुकुं लाग्यो मलाई....

शब्द: किरण खरेल; संगीत: गोपाल योन्जन; चलचित्र: "सिन्दूर"
स्वर: नारायण गोपाल र तारा देबी

लुकुं लुकुं लाग्यो मलाई, बादल जस्तो त्यो कालो केशमा
नाचूँ नाचूँ लाग्यो मलाई, पिरतीको रंगीन देशमा

सेतो पाना, चोखो मन, दुबैमा छ तिम्रै गीत
निलो आकाश, निलो खोला, जता ततै तिम्रो प्रीत
झुमुं झुमुं लाग्यो मलाई, सुवास जस्तो हाम्रो मिलानमा
नाचूँ नाचूँ....

फूल भरि, तिम्रो सुवास, मौसम भरि तिम्रो सुवास
तनमा छायो, मनमा छायो, न्यानो न्यानो तिम्रो श्वास
चुमुं चुमुं लाग्यो मलाई, कुसुम जस्तो तिम्रो बदनमा
नाचूँ नाचूँ....

तिम्रो आँखा, तिम्रो अधर, लाग्छ मलाई मेरो नै हो
मेरो आँखा, मात्र किन, सारा जीबन तिम्रै हो
डुबुं डुबुं लाग्यो मलाई, सगर जस्तो तिम्रो नयनमा
नाचूँ नाचूँ....

सबलाई रिझाउँ भन्दा...

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

सबलाई रिझाउँ भन्दा पसलमा बेचिएछु
मेरो कोहि भएनन्, सबैको म भएछु

भत्केको गोरेटोमा लाखौँ अभागी हिंडछन्
सबैलाई बाटो दिंदा म भीरमा खसेछु
सबैलाई अड्याऊँ भन्दा आफै पो टेकिएछु
मेरो कोहि भएनन्, सबैको म भएछु

पहाडको मुटु छोएँ, साँच्चै नै ढुंगा रहेछ
उम्लाउँ खून भनेको, मेरै मुटु फुटेछ
जाडोले कक्रिएको मेरो प्यारो प्यारो सन्तान
सबैलाई तताउँ भन्दा मेरो घर पो सल्किएछ
मुर्दा जगाउँ भन्दा आफै पो तर्सिएछु
मेरो कोहि भएनन्, सबैको म भएछु

त्यो मेरो पत्र....

त्यो मेरो पत्र प्रेमको थियो, पायौ की पाइनौ
दिनहुँ चिठ्ठी लेखेको थिएन, पायौ की पाइनौ

सम्झना मैले गरेको थिएं, सम्झ्यौ की सम्झिनौ
हाँस्न मैले भनेको थिएँ, हाँस्यौ की हांसेनौ

सपनामा मेरो आउँदछौ तिमि, बिपनामा आउँदिनौ
छायाँलाई खाली पाउली तिमि, मलाई पाउंदिनौ

त्यो मन मैले दिएको राख्न, राख्यौ की राखेनौ
प्रीतिको डोरी बांटेको मैले, गाँस्यौ की गांसेनौ

सानै हुरीमा बैंशको सपना....

शब्द: भूपी शेरचन; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

सानै हुरीमा बैंशको सपना
सिमलको भुवा झैँ उडी गयो
तिमि के गयौ खुशीले पनि
मलाई आँखा तरी गयो
सानै हुरीमा...

धेरै हाँसे साँच्ची नै रुनु पर्दोरहेछ
हाँसोलाई आँशुले धुनु पर्दोरहेछ
बिर्सुं भन्ने निस्ठुरी बिर्सुं कसरि
पहिले नै टाढा टाढा हुनु पर्दोरहेछ
सानै हुरीमा...

बेदनाले ओंठ निलो भइ सक्यो अब त
आँखा पनि गिलो गिलो भइ सक्यो अब त
नरोउ भन्दैमा के रुक्थे यी मेरा आँशुहरु
सारै नै सारै ढिलो भइ सक्यो अब त
सानै हुरीमा...

मधुमासको....

शब्द: रत्न शमशेर थापा; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

मधुमासको यो दिलको बाग
नफुलिकन उजाड भो
आशा अनि अभिलाषा
मनको मनमै रह्यो
मधुमासको...

हाँसो खुसि र चैन सबै
आँशु बनी रह्यो
मायाको ज्योति आँधीले
दूर कतै लाग्यो
बदली अचानक छाई
जिबन निरास भो
मधुमासको...

प्रेमको माला....

शब्द: राजेन्द्र रिजाल; संगीत: सी. के. रसाइली
स्वर: नारायण गोपाल

प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो, संगाली राख यसलाई
प्रेमको माला...

तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु
सुखमा पनि दु:खमा पनि , एउटै भाब म पोखीरहन्छु
प्रेमको माया...

मायाको बन्धनले बाँधी दिएँ, दुइ दिनको सहारा होइन
पबित्र सिन्दूर छरीदिएँ , तृष्णामा मुछिएको माया होइन
प्रेमको माला...

म मरे पनि मलाई....

शब्द: लक्ष्मण लोहनी; संगीत: चन्द्रराज शर्मा
स्वर: नारायण गोपाल

म मरे पनि मलाई, मेरो देशको माया छ
यो छाती भरि मुरी का मुरी, नेपालको माया छ
म मरे पनि...

म खेलें जहाँ म हुर्कें जहाँ, त्यहि आगन प्यारो छ
यी छाती भित्र लुकेर आउने, मायानै माया छ
म मरे पनि...

सेरो र फेरो यो देश मेरो, माटोको माया छ
बिरका छोरा नेपाली मेरा, पुर्खाको माया छ
म मरे पनि...

जहाँ म जाउँ नेपाली हुँ म, नेपालको माया छ
धरतीमा मेरो भन्नु नै यहि छ, यसैको माया छ
म मरे पनि...

अल्झेछ क्यारे पछ्यौरी....

शब्द: भूपी शेरचन; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा

आउँछिन की चेली भनेर आमा दोबाटो धाएकी
तीजमा पनि बिर्सेछ क्यारे गरिब माइती

सल्ला झैँ आमा सुसाइ रहिन एक्लै कोठामा
छोरीलाई आशिष हाल्न नपाई अन्तिम कालैमा

भन्थे नी बाबाले आँशु झारी टिकाको थालीमा
के आँशु टिका पठाई दिउं की प्रबासको पातमा

भन्थे नी दाइले भाई टिकामा बहिनि फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी तर्केला
दिनभरि काग कराई रह्यो बेलको ठुटोमा

Thursday, March 29, 2012

को कसको हो...

शब्द: किरण खरेल; संगीत: गोपाल योन्जन; चलचित्र: "सिन्दूर"
स्वर: नारायण गोपाल

को कसको
हो को कसको हो, कसले चिन्न सक्छ र
सिन्दूर हो या धुलो हो जिबन, कसले भन्न सक्छ र

आँखा नै हो मिठो सपना, देख्नु गल्ति होइन
मुटु नै हो चोखो माया गर्नु गल्ति होइन
बितीसकेका कुराहरुलाई, कसले साँच्न सक्छ र

देखिएको आफ्नो होइन, लेखिएको नै हो
खोजिएको आफ्नो होइन, भेटिएको नै हो
बगीसकेको आँशुलाई कसले थाम्न सक्छ र

कस्तुरी है....

शब्द: चेतन कार्की; संगीत: नातिकाजी, शिबशंकर; चलचित्र: "मनको बाँध"
स्वर: नारायण गोपाल

कस्तुरी है बास आउँछ भन्छन
सुनमाया आउँदैन त्यो किन हो यो दिनैमा
हो...पहिले माया हाँसेर लायौ
सुनमाया अहिले पो चाल पायौ हो यौ दिनैमा

तिम्रो माया छ एकातिर
सुनमाया नहेर मतिर हो यो दिनैमा
हो...आकाशमा नौलाख तारा
सुनमाया आँशुको नौधारा हो यो दिनैमा

बुझ्नै सकेनौ तिमीले....

शब्द: चेतन कार्की; संगीत: व्हि. बलसारा
स्वर: नारायण गोपाल

बुझ्नै सकेनौ तिमीले, आँखाको भाखा मेरो
हजार अर्थ अरुले, लाएर के गरूँ

मुटु मुटुमा प्रीत बनी, भरिन सक्छु म
अधर अधरमा गीत बनी, छरिन सक्छु म
दोहोरयाइनौ तिमिले मेरो गीत भन्ने सारा
संसारले मिलेर, गाएर के गरूँ
बुझ्नै सकेनौ....

सेतो बादल जस्तो, निरस यो जिन्दगिलाई
लाचार कामना, बिबश जिन्दगिलाई
मुस्कानको इशारा तिमिले दिन सकेनौ भने
संसारको सहारा पाएर के गरूँ
बुझ्नै सकेनौ...

बिरही माया....

शब्द: दीर्घ सिंह बम; संगीत: भुपेन्द्र रायमाझी; चलचित्र: “चोट”
स्वर: नारायण गोपाल

बिरही माया अधुरो रह्यो बिर्सनु कसरि
तडपाई दिन्छ जलाई दिन्छ याद आउँछ बेसरी
बिरही माया....

तप्किन खोज्छन आँशुका थोपा, गोधुली साँझमा
डुबाई गयौ, यो जिन्दगानी, सागर माझमा
किनारा छैन सहारा छैन मन थामुं कसरि
तड्पाई दिन्छ....

नदि झैँ बग्ने त्यो तिम्रो माया झरना झैँ झरेछ
सपना रम्ने आँखामा मेरो पर्दाले खसेछ
गोरेटो छैन, उज्यालो छैन, म हिडुं कसरि
तड्पाई दिन्छ...

(यो गीत स्वर सम्राट स्व. नारायण गोपालको स्वर यात्राको अन्तिम क्रमको हो)

तिमिलाई म....

शब्द र संगीत: दीपक जंगम
स्वर: नारायण गोपाल

तिमिलाई म के भनुं
फूल भनुं की जून भनुं
उपमा धेरै म के दिउं
तिमीलाई मनकी मायालु भनुं
तिमीलाई म के भनुं

फूल फुलेको मौसममा
यो साँझको शितल बाताबरणमा
यो मनलाई कसरि संभालूं म
नपिई बेहोश बेहोश भएँ म
कहिल्यै नछुट्ने नशा भनुं की
फूल भनुं की.....

केहि झुके झुकेका नजर
केहि बोल्न खोज्दा कांपेका अधर
दुइ आँखाका गहिरा ताल बीच
नसकी तर्न डुबें डुबें म
कहिल्यै नछुट्ने तिर्सना भनुं की
फूल भनुं की....

Wednesday, March 28, 2012

श्रद्धाको फूल....

शब्द: रबिन्द्र शाह; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
नपाए फूल भई गयो तिमि रोइ दिनु आँशुमा
श्रद्धाको फूल....

सम्झन्छु म त छोएको तिमीले कमलो हातले
लुकाई राख आत्मा यो मेरो नहान पातले
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले
नपाए फूल भई गयो तिमि रोइ दिनु आँशुमा
श्रद्धाको फूल....

मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
पिरती चोखो लाएको भए बन्धन पर्दैन
प्रकृति फूल सुकेर झर्छ, दिल को झर्दैन
नपाए फूल भई गयो तिमि रोइ दिनु आँशुमा
श्रद्धाको फूल....

सेरो र फेरो....

शब्द: रत्न शमशेर थापा; संगीत: अम्बर गुरुङ
स्वर: नारायण गोपाल

सेरो र फेरो मेरो, अँध्यारो पारी गयौ
सुकाई मूल फूल निमोठी फ्याली गयौ

उर्लन्छ यो छाती भित्र व्यथा असह्य भई
गह भरिन्छ आँशुले रात दिन संधै
आशाको घर मेरो अँध्यारो पारी गयौ

बिलौना यो मनको निख्रने कहिले होला
यो जुनीमा सुगन्धी हावा बहने कहिले होला
के को बदला लिई अँध्यारो पारी गयौ