Saturday, March 31, 2012

बीरताका चिनो....

शब्द: तुलसी घिमिरे, रणजित गजमेर; संगीत: रणजित गजमेर; चलचित्र: "लाहुरे"
स्वर: नारायण गोपाल

बीरताका चिनो, बीरको सन्तान
शहिदको रगत, लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी

जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ, नयाँ इतिहासको नौलो बिहानी
बीरताका चिनो, बीरको सन्तान...

झरना जस्तै चोखो रगत मागेर, खोलाको बग्ने उमंग लिएर
पहाडको अटल बिश्वास मागेर, हिमाल झैं निधार सिंगारी दिन्छु
अब तिमीले यहाँ सजाउनु छ, आफ्नै धर्तीमा माटोको सिरानी
बीरताका चिनो, बीरको सन्तान...

गर्भ मै सिक्यो खुकुरी चलाउन, पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमि संसारै जित्ने, पर्दैन बनको काँडालाई तिखार्न
अब खुकुरिसित कलम यो दिन्छ, तिमीलाई मेरो निशानी
बीरताका चिनो, बीरको सन्तान...
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी
बीरताका चिनो, बीरको सन्तान...

No comments:

Post a Comment