Wednesday, March 21, 2012

सागर भरी छाती चिरी...

शब्द: स्व. लक्ष्मी प्रसाद देवकोटा; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

सागर भरी छाती चिरी पहाडबाट आएँ
तिन तारे सारंगी लिई क्षण भर गीत गाएँ
लहरसंग मितेरी लाइ मैले छंद पाएँ
कानबात हृदयमा आज गुँड लाएँ

अघिको म तुना गाउँछु आजको म बाला
पछिको म खबर दिन्छु आँखा बल्दो ज्वाला
सब तिर रहने जो मिठो लाइ लाइ
तार भित्र सुत्नेलाई ब्युंझाई गाइ गाइ

आँगन आगन डुली डुली सानो रंगी चरी
मोति जस्तो चामल मुठी माग्न भरी भरी
शिशु बैंशे बुध भन्छन मेरो सरल गाना
मुठ्ठी मुठ्ठी भरी प्यारा आँशु जस्तै दाना

No comments:

Post a Comment