Sunday, March 25, 2012

संगाल घुम्टोहरु....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

संगाल घुम्टोहरु सजाउ केशहरु
म आएँ आंधी बोकेर सम्हाल बेगहरु

आंधीले उडाईदेला लाजका ती पर्दाहरु
बतासले खोसी देला ओठका ती हाँसोहरु
यो आंधीलाई ख्याल सम्झी नछोड दृष्टिहरु
आँखैम़ा सुकी जाला लुकेका दृष्टिहरु
म आएँ....

भाग्छ जो भाग्न देउ लिएर जेथाहरु
गाउँछु म सुसेलीमा भरिला यी व्यथाहरु
म आएँ आफ्नै भनी बोकेर चिनोहरु
लुकाऊ प्यारा प्यारा कलिला बैंशहरु
म आएँ....

No comments:

Post a Comment