Friday, March 23, 2012

म त लालीगुराँस...

शब्द: क्षेत्र प्रताप अधिकारी; संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल

म त लालीगुराँस भएछु
मनै भरि फुली दिन्छु
बनै भरि फुली दिन्छु
म त लालीगुराँस भएछु

फाँटहरुले कसलाइ पुग्छ, भिरमा पनि फुलिदिन्छु
खुशी मात्र कहाँ हुन्छ, पिरमा पनि फुली दिन्छु
म त लालीगुराँस भएछु

हेरी दिने कोहि भई दिए, नानी भित्र फुली दिन्छु २
लाइ दिने कोहि भई दिए, सिउँदो भरि फुली दिन्छु
म त लालीगुराँस भएछु

No comments:

Post a Comment