Wednesday, March 28, 2012

यति धेरै माया दिई....

शब्द र संगीत: दीपक जंगम
स्वर: नारायण गोपाल

यति धेरै माया दिई, मन भरि दु:ख नदेउ
बाटो वरपर फुल्ने, पंलास टिपी शिरमा नलाऊ
यति धेरै.....

जो भाग्यमा कोरिएका, सुख दु:ख स्वीकार छन्
केहि तिता पल केहि मिठा फल, सबै सबै स्वीकार छन्
यो हातहरु अस्वस्थ छन्, भो सान्त्वना मलाई नदेउ
यति धेरै....

यो बाटोमा कति काँडा, कति फूल टिपी हिडें
कति पराइ आफ्ना देखें, कति आफ्ना पराइ भेटें
यो जिन्दगीको मोडमा, भो सहारा मलाई नदेउ
यति धेरै.....

No comments:

Post a Comment