Tuesday, March 27, 2012

बिहान नभै बतासले....

शब्द: नगेन्द्र थापा; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

बिहान नभै बतासले शीत किन सुकाई दिन्छ
जस्तै मेरा पिरहरुले गीत सबै लुकाई दिन्छ

छायाँ परे परे जस्तो, चेहराको ऐना भित्र
कहिलेकाहीं बिर्सी दिन्छु, बितेका अनेक चित्र
कसैले हारी सके, जिती सके जिन्दगिमा
म पनि त जितुं भन्छु , कसले कसले बिर्साईदिन्छ

बिम्ब झरे झरे जस्तो, फूल भित्र तरेलीमा
कहिलेकाहीं अल्झी दिन्छु, आँशु भित्र परेलीमा
मलाई पनि कतै तिर, माया लागे जस्तो हुन्छ
सम्झिएका व्यथा सबै , कसले कसले बिर्साईदिन्छ

No comments:

Post a Comment