Friday, March 23, 2012

मलाई नसोध....

शब्द: हरिभक्त कटुवाल; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिक्कै छु, बिथोल्न नआउ

मेरो जिन्दगीमा संधै यो उदासी
सकेकै छु जिउन कहिले न हांसी
मेरो चाहना हो तिमि हाँसे पुग्छ
मेरो घाउ तिमि नहाँसे पो दुख्छ
त्यसैले म भन्छु तिमि मुस्कुराउ

कतै बिरानीमा हराएँ भने म
कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ति त्यहि यति ठाने पुग्छ
मेरो घाउ तिमि नहाँसे पो दुख्छ
अँध्यारोमा छोड दियो नजलाउ

No comments:

Post a Comment