Sunday, March 11, 2012

म कसरि भनूँ.......


शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

म कसरि भनूँ यो माया हो
न तिमि मेरी न म तिम्रो
बरु भनी देउ यो सपना हो
जो तिम्रो हो अनि मेरो

यति नगिच भएर पनि
हामी टाढा नै हुनु पर्छ
एकै नदि भएता पनि
हामी दुइटा किनार हुनु पर्छ
म कसरि भनूँ यो मिलन हो
न तिमि मेरी......

तिम्रो मन मैले जितेर पनि
आफै सित म हार्नु पर्छ
कलिला कोमल प्रिती कोपिला
फुल्नु अघि नै मर्नु पर्छ
म कसरि भनूँ यो सङ्गम हो
न तिमि मेरी........

No comments:

Post a Comment