Sunday, March 25, 2012

झरेको पात झैँ....

शब्द: हरिभक्त कटुवाल; संगीत: कालीप्रसाद रिजाल
स्वर: नारायण गोपाल

झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगि
निभेको दीप झैँ भयो, उदास मेरो जिन्दगि

चुरा फुटे सरी भयो, चराहरु उडी गए
हजार कोपिलाहरू नमुस्कुराउंदै झरे
उठेको बस्ति झैँ भयो, प्रबास मेरो जिन्दगि
निभेको दीप झैँ....

बिहान जो खुसि थियो, जलेर खाक भै सक्यो
भिजेको पात पातमा, निसाधको कथा थियो
अँधेरी रात झैँ भयो, बिषाद मेरो जिन्दगि
निभेको दीप झैँ....

जलीरहेछ लाश भित्र, भित्र काहीं छातीमा
टुटे फुटेका स्वप्न झैँ, अँध्यारो मात्र छातीमा
जिबन बगर सरि भयो, उराठ मेरो जिन्दगि
निभेको दीप झैँ....

No comments:

Post a Comment