Sunday, March 11, 2012

मेरो जोबन लैजाऊ.....

शब्द र संगीत: गोपाल योन्जन
स्वर - नारायण गोपाल र ज्ञानु राणा

केटा - मेरो जोबन लैजाऊ
केटि - पर्दैन त्यो दुइ दिनको
केटा - मेरो ज्यान लैजाऊ
केटि - चाहिंदैन त्यो माटोको
केटा - मेरो माया लैजाऊ
केटि - हुन्छ यदि त्यो पुरानो हुन्न भने
पछी गई फेरि त्यो कहिल्यै छिन्दैन भने
केटा - मेरो आँखाको नानीमा तिमि छाएकी छौ
मेरो हृदय भावनामा तिमि आएकी छौ
के पो दिन सक्छु अरु म तिमीलाई
जब सम्पूर्ण मलाई नै पाएकी छौ
त्यतिले पनि तिम्रो मन भरिन्न भने
मेरो आँखा लैजाऊ
केटि - पर्दैन त्यो लोभ हो
केटा - मेरो ओठ लैजाऊ
केटि - पर्दैन त्यो मोह हो
केटा - मेरो बचन लैजाऊ
केटि - हुन्छ यदि त्यो कहिल्यै तोदिन्न भने
पछी गई फेरि ऋतु झैँ फेरिन्न भने

No comments:

Post a Comment