Sunday, March 11, 2012

मैले पुण्य मन पराएँ.......

शब्द - राम मान "तृषित"; संगीत - गोपाल योञ्जन
स्वर - नारायण गोपाल

मैले पुण्य मन पराएँ, या पाप मन पराएँ
जे होस मैले तिमिलाई, चुपचाप मन पराएँ

जब फूल र काँढा र दुइटा, संगै रमाउन सक्छ
जब दागको रंगमा पनि, टिका समाउन सक्छ
नसोध मैले बरदान या श्राप मन पराएँ
जे होस मैले तिमिलाई, चुपचाप मन पराएँ

तिमि संग लिनु पनि छ, तिमिलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा, सच्याउनु पनि छ
त्यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मन पराएँ
जे होस मैले तिमीलाई, चुपचाप मन पराएँ
 

No comments:

Post a Comment