Monday, March 26, 2012

आँखाको भाखा....

शब्द: रत्न शमशेर थापा; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

आँखाको भाखा आँखैले, राम्ररी बुझी सम्झनु
सुटुक्क दिउँला म मन, कसैलाई तिमि नभन्नु २

रिमझिमे हल्का शीतले, गीत मधुरो गाउला २
सुनौला घामको झुल्काले, काउकुती मिठो लाउला
प्रेमको कुरा प्रेमैले, मनमा गुनी राख्नु
सुटुक्क दिउँला....

जिस्कि मस्किने चन्द्रलाई, धरती मै हामी डाकौला  २
आफ्नै
नको संसारमा, सुखको श्वास फेरौंला
मुटुको बोलि मुटुले, सुनेर हांसी रहनु
सुटुक्क दिउँला....

No comments:

Post a Comment