Friday, March 23, 2012

बिर्सेर जाउँ....

शब्द: नगेन्द्र थापा; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

बिर्सेर जाउँ कसरि आज माटो यो
भिजिसकेको छ मेरो आँशु
यहि नै माटोमा, माटोमा
बिर्सेर जाउँ...

माया कलिलो तिम्रो मेरो, हुर्की फुल्यो यो बताशमा
माया बोकेर छाई दियो, यहीं नै रंगिन बहारमा
हाँसौंला भनेर
बिर्सेर जाउँ....

खोला किनारी चिसो अधर, हात समाई कुदेका थियौं
भत्केको छैन बनेको घर, सयौं सपना साँचेका छौँ
बसौंला भनेर
बिर्सेर जाउँ....

No comments:

Post a Comment