Wednesday, March 21, 2012

चुमेर पाना भरि....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

चुमेर पाना भरि यति म लेखि दिन्छु
प्रितिका बाचाहरु जाने जति लेखि दिन्छु

रातभरी भरि एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरु सबै म लेखि दिन्छु
निस्प्राण कागजका टुक्रा हेरी नमस्की दिनु
नलेख्नु पर्ने पनि शायद म लेखि दिन्छु

बर्णन गरेर तिम्रो सर्बाङ्ग लेखि दिन्छु
एक छिनको निम्ति तिमीलाई उदाङ्ग देखि दिन्छु
शायद रिसाई दिन्छौ, हुन सक्छ च्याति दिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखि दिन्छु

No comments:

Post a Comment