Wednesday, March 21, 2012

चिनारी हाम्रो...

शब्द: नगेन्द्र थापा; संगीत: कर्म योन्जन
स्वर: नारायण गोपाल

चिनारी हाम्रो धेरै पुरानो रहे झैँ लाग्दछ
नदेखे पनि भेट है संधै भए झैँ लाग्दछ

शितल दिन्छौ पबन भएर मिर्मिरे आलमा
मायालु न्यानो स्पर्श दिन्छौ किरणको रूपमा
हो...झन् झनै बज्छ सङ्गीत तिम्रो हरेक कण्ठमा
आशाको दियो आफै नै बल्छ अँध्यारो कुनामा
चिनारी हाम्रो....

हजार खोजें त्यो रुप हेर्न पाउँदै पाइन
मायाले छुने हात छाम्न खोजें समाउन सकिन
भनी देउ आज को हौ तिमि मैले त जानिन
बिरंगी रुप फेरेर आउने तिमिलाई चिनिन
चिनारी हाम्रो....

No comments:

Post a Comment