Sunday, March 25, 2012

संधै नै म....

शब्द र  संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल

संधै नै म हाँसें, तिमिलाई रुवाई
आज सारा खुसि, म दिन तयार छु
तिम्रा पिरहरु ती केहि मेटिएला
जुनी भरको लागि म लिन तयार छु
संधै नै म....

कहाँ मेरो भाग्य, तिमीलाई पाउने
तर बाँचुन्जेल यहाँ, घात गर्ने छैन
तिमि हांसी देउ, त्यो आँट लिएर
कुनै दिन म तिम्रो साथ छोड्ने छैन
संधै नै म...

कहाँ मेरो हक छ, तिमिलाई तिथ्याउने
तर मृत्यु सम्म, गलहत्याउने छैन
तिमि बाँची देउ, तिमि नै भएर
अरु धेर मलाई केहि चाहिंदैन
संधै नै म...

No comments:

Post a Comment