Saturday, March 31, 2012

छोरीको जन्म....

शब्द: चेतन कार्की; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी यहाँ

न कुनै जन्ती, न दुल्हा राजा
न त कुनै डोली न पन्चे बाजा
यो कस्तो बिदाई चेलीको आज
यहाँ रुन्छन आमा-बाबु साथी समाज
यो जन्मको धर्ति, यो खेलेको आँगन बिर्सेर जाने कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी कहाँ
छोरीको जन्म....

न त कोहि देख्छन, कलेजिको घाउ
मानिसको सागरमा धड्केको नाउ
काँडै काँडा लाग्छन सबै टेक्ने ठाउं
छिया छिया मुटु, चिरा चिरा पाउ
मन खाने कसको बुझिदिने को छ, अबलाको मर्म कहाँ
त्यो आमाको काख, बाबुको आशिष मायालु कहाँ हो कहाँ
छोरीको जन्म....

विरहमा मिलनको बरु आशा हुन्छ
मिलनमा बिछोडको संधै त्रास हुन्छ
बरु भाबी तैंले सबै दु:ख नलेख्नु
यो कस्तो जीबन, यो कस्तो बन्धन न रुनु न हाँस्नु जहाँ
ढुकढुकी मनको, ज्योति नयनको, हुँदैछ पराई यहाँ
छोरीको जन्म....

झलमल्ल हुँदैछ, यता सिउँदो खाली
टलपल छन् आँखा सिन्दुर हाली
सुबास छर्छ कहिं खुसीको बतास
कतै आँधी हुरी निराशै निराश
कहिं जन्ती बाजा कतै ठाडो शंख बताउँछन् मलामी यहाँ
डोली न डोली दुवै चढे डोली, तर यो कहाँ त्यो कहाँ
छोरीको जन्म....

No comments:

Post a Comment