Thursday, March 22, 2012

तिमि देख्दा रहर होला....


शब्द: नगेन्द्र थापा; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र समुह

केटा - तिमि देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगि मेरो जागेर आउंछ

केटि - तिमि देख्दा न भै नाडी ओर्लेर आउँछ
छाती भरि लाजै लाजले भरेर आउँछ

केटा - रोकुं भन्छु हाँसो आफै फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
केटि - नसकी आज भावनाहरु उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
केटा - तिमि देख्दा....

केटा - नभनी मैले जिन्दगि मेरो तिमिमा सांचेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
केटि - हाँसखेल गर्दा मुटु नै मैले चुंडाई बाँडेछु
पीरले पनि साथीको माया लागेर आउँछ
केटा - तिमि देख्दा....

No comments:

Post a Comment