Friday, March 23, 2012

तिमि जुन रहरले....

शब्द: दिनेश अधिकारी; संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल

तिमि जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए, संधै चोट पायौ
म डुब्दो किनारा, कहाँ हाँस्न सकौं
व्यर्थै तिमीले मेरो हात समायौ

बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें
रक्ताम्य ती तिम्रा अधरहरुमा, न मैले कहिले खुसियाली पोतें
र शायद रिसायौ तिमि भित्र भित्रै, न पिरती ती तिम्रा खुल्दुली पोतें

रुझे हुन ती तिम्रा पलक र आँखा, म संग कहिले इशारा नबोल्दै
रुके हुन ती तिम्रा यौबन र भाखा, म संग कहिले बिश्वास नखोज्दै
र शायद सराप्यौ संधै बैंशलाई, जो सुन्यता संगै बिलाए म जस्तै
तिमि  जुन रहरले.....

No comments:

Post a Comment