Tuesday, March 20, 2012

तिमि देउ या नदेउ.....


शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र मिरा राणा

केटि - तिमि देउ या नदेउ तिम्रो माया, मैले मन तिमिलाई बांडी सकें

केटा - मलाई देउ या नदेउ तिमि स्वीकृति, मैले मनमा तिमीलाई राखी सकें

केटा - हुन त यो नौलो चिनाजानी, संकोच लाज बिचको कुराकानी
तर लाग्छ मलाई तिमि देख्दा, मेरो बिगत जनमकी संगिनी
तिमि नौली बन या पराइ, तिमिलाई हृदयले नै चिनी सकें
तिमि देउ या नदेउ....

केटि - तिमि साथ रहंदा मलाई लाग्छ, म जीवनको मधुमासमा छु
जब हेर्छौ तिमि मलाई लाग्छ, म विश्वभरिकी सुन्दरी हुँ
तिमि ठान नठान मलाई आफ्नो, मैले तिमीलाई अपनाई सकें

केटा - तिमि देउ या नदेउ....

No comments:

Post a Comment