Sunday, March 11, 2012

मान्छेको माया यहाँ......

शब्द - राम मान "तृषित"; संगीत - शिव शंकर;
स्वर - नारायण गोपाल र ज्ञानु राणा

केटा: मान्छेको माया यहाँ, खोलाको पनि जस्तो
किनारलाई छोई भाग्ने, लहराको बानि जस्तो

केटि: मान्छेको माया यहाँ, आँखाको नानि जस्तो
यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो

केटा: माया त जोबनको आबेश मात्रै नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्रै नै हो
केटि: तिम्रो हेराइमा केवल, आँखा छ मोति छैन
केटा: तिम्रो बोलाईमा स्वच्छ ढुकढुकी केहि छैन

केटि: मायाको विशालता यो आकाश धर्ति नै हो
माया त शान्ति सुन्दर आत्माको मुर्ति नै हो
केटा: तिमि पानिलाई आकार दिने कोशिश नगर
केटि: तिमि हावालाई सहभार दिने कोशिश नगर
 

No comments:

Post a Comment