Sunday, March 25, 2012

मलाई जिन्दगि यो....

शब्द: ईश्वर बल्लभ; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

मलाई जिन्दगि यो लाग्दछ, तिमि भन्दछौ यो पीर हो
जे छन् सबै ती व्यर्थ छन्, तिमि भन्दछौ यो प्यार हो
मलाई जिन्दगि यो....

बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु
खाली भएर शुन्य झैँ, यहाँ खण्डहर झैँ जिउंदछु
मेरा सारा सारा भावलाई, आकाश मेरो भन्दछु
तर मोहलाई म के भनुं, तिमि भन्दछौ यो भार हो
मलाई जिन्दगि यो....

पोखिएं कहिं म पानी झैँ, कहिं शीत भई म अल्झिएँ
थाम्न नसक्दा बेदना, कहिं घाउ भएर बल्झिएँ
निर्दोष अनेकौं नजरमा, आँशु बनेर रोकिएँ
मझधारलाई म के भनुं, तिमि भन्दछौ यो किनार हो
मलाई जिन्दगि यो....

No comments:

Post a Comment