Sunday, March 11, 2012

जीबन देखि धेरै धेरै नै थाकेर.....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

जीबन देखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमि आज हेर

यहाँ ढुंगाहरु गर्छ इश्वरको अभिनय
कुकुर पनि गर्छ, मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने, कल्लाई देब भन्ने
यो परिभाषा आज च्यात्तिएको हेर

कति सस्तो जीबन, कति सस्तो मान्छे
जताततै देख्छु मान्छे माथि मान्छे
सयौं पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे
ढाकेर थाकें यो कालो मुटुलाई
म जन्मेकै भेषमा मलाई आज हेर

No comments:

Post a Comment