Saturday, March 24, 2012

जुन फूल मैले....

शब्द: भैरबनाथ रिमाल; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य बनी त्यो संधै मेरो, आँखामा लुकेछ

सुख र दु:ख संगाली दिने, जीबनमा त्यहि थियो
दिन रात अब म देखि टाढा, भएर गई दियो
बिरानो बनी प्रतिपल मेरो, यो मुटु धड्किन्छ
बितेका तिनै पुरानो कथा, सम्झाई तड्पिन्छ

बाँची नै रह्यो केवल चाहिं, मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो, मनको हितकारी
चर्केको माया जोडी दिने फेरि, बस्तु नै के छ र?
मनमा रह्यो बिरह व्यथा, भन्नु नै के छ र?

No comments:

Post a Comment