Saturday, March 24, 2012

आँखा छोपी नरोउ....

शब्द: कालीप्रसाद रिजाल; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

आँखा छोपी नरोउ भनी भन्नु पर्याछ
मुटु माथि ढुंगा राखी हास्नु पर्याछ

भोलि उठी कहाँ जाने केहि थाहा छैन
फर्की आउने हो की होइन केहि थाहा छैन
बाचा छिट्टै आउंछु भनी गर्नु पर्याछ
मुटु माथि....

छातीभरि गाउँ बेसी पखेरिको छायाँ
आँखाभरि मेलापात मायालुको माया
आफैलाई छाडी कतै जानु पर्याछ
मुटु माथि....

भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
कुल्चिएर आफैलाई हिंड्नु पर्याछ
मुटु माथि....

No comments:

Post a Comment