Friday, March 23, 2012

तिमिलाई भुल्दा...

शब्द: कन्चन पुडासैनी; संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल

तिमिलाई भुल्दा म एक्लो परेछु
तिमिलाई सम्झें, तिमि साथ आयौ
कुनै चिज मिठो म खोजिरहेथें
म सोचीरहेथें, तिमि याद आयौ

उज्यालो बढे झैँ भयो आज झन् झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन
की मैलाई सम्झी तिमि मुस्कुरायौ
के आयौ तिमि, चाँदनी रात आयौ
कुनै चिज मिठो...

तिमीले पनि सम्झिएकी भए लौ
चुम्यौ चाहनाले अझै मन परायौ
मलाई भुलेकी भए के भनु खै
तिमि हर्ष आयौ की बिष्मात आयौ
कुनै चिज मिठो...
तिमिलाई भुल्दा..

No comments:

Post a Comment