Monday, March 26, 2012

ए कान्छा.....


शब्द: रत्न शमशेर थापा; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल र तारा देबी

केटि - ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो
केटा - जाँदैन बाचा खेर पर्ख लिन आउँला

केटि - मिर्मिरे उषामा औंठी साट्न आउनु
शिरमा रेशमी फित्ता बाँधी आउनु २

केटा - अमुल्य हिरालाई फूलै फूलको डोरी
बाजालाई अघिलाई बैसाखमै आउँला

केटा - ओभानो सिउँदोमा सिन्दुर छरीदिउँला
सुनको चुराले नाडी सजाईदिउँला
केटि - सितारा जडेको घुम्टो म ओढी
सुस्तरी लाजले निहुरि म आउँला

No comments:

Post a Comment