Monday, March 19, 2012

लौ सुन म भन्छु.....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौं दिनको पानि
लौ सुन म भन्छु.....

म उठ्दा आकाशले मलाई थिची दिन्छ
अघि बढ्दा धरती मलाई खाल्डो खान्छ
म रोएँ यी आँशु रित्याउँ भनेर
तर आँशुले नै मलाई बगाउँछ
यो विधवाको सिउँदो यो मेरो जवानी
त्यो एक दिनको घाम...

तेरो आश्वासनमा मैले बाँची हेरें
मैले आगो माथि पनि नाची हेरें
जिबनलाई चारै तिर बाट हेरें
केवल म पुरानो सबै नौलो पाएँ
यहि गीत साँचें, पछिलाई निशानी
त्यो एक दिनको घाम...

No comments:

Post a Comment