Sunday, March 11, 2012

मेरा सबै रात अब....

शब्द: नरदेन रुम्बा; संगीत: चन्दन लोम्जेल
स्वर: नारायण गोपाल

मेरा सबै रात अब मातहरु भए
जिन्दगिनै नबुझ्ने बातहरु भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बास बेहोसिका बारातहरु गए
मेरा सबै रात अब…

संधै यो सडकमा म  के के रोज्दै हिंड्छु
आफन्तको माझमा परिचय खोज्दै हिंड्छु
भुलेर बजार भरिका हजार बैंशहरु
म त आफैलाई हराई आफै खोज्दै हिंड्छु
मेरा सबै रात अब …

कहिलेकाहीं  बिर्सिएर आकाश खोज्दै हिंड्छु
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिंड्छु
धेरै भयो अल्झेको यहाँ भिड भित्र
यिनै भिडमा जिन्दगीको आभाष खोज्दै हिंड्छु
मेरा सबै रात अब......

No comments:

Post a Comment