Monday, March 19, 2012

बिर्सेर फेरि मलाई नहेर....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीबन आँशुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ
अनायास नै फेरि बल्झेर दुख्छ
बिर्सेर फेरि मलाई नहेर

बोकेर चोट अनुरागको, जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनी नपठाउ भन्छु, कतै जिन्दगि नै झस्केर उठ्छ

शायद निको नहुने मेरो घाउ, दाहा भइ बाँच्छ संधै म भित्र
बाँचेकै हेर्ने भए फेरि मलाई, हाँसो ल्याई दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई, तिम्रो हेराईमा बल्झेर दुख्छ
बिर्सेर फेरि मलाई नहेर

No comments:

Post a Comment