Friday, March 23, 2012

पर्खी बसें आउला भनी...

शब्द: नीर शाह; संगीत: शम्भुजित बाँस्कोटा
स्वर: नारायण गोपाल

पर्खी बसें आउला भनी, मेरो उठ्ने पालो
कुर्दा कुर्दै जिन्दगि नै भइ गएछ कालो कालो
मेरो उठ्ने पालो

वारिपारी अँध्यारो छ आँखा खोलि हेर्दा
अँध्यारो नै देखिन्छ नी आँखा चिम्ली हेर्दा
आफ्नै छायाँ आफैसंग भागी हिंड्न थाल्यो
आफ्नै माया आफैलाई बोझ लाग्न थाल्यो

तातो हावा बहि दिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
बर्सौं भयो चलेकै छ मन भित्र यो आंधी
बाध्यतामा बस्नु पर्यो चाहनालाई बाँधी बाँधी

No comments:

Post a Comment