Sunday, March 11, 2012

एउटा मान्छेको मायाले....

शब्द: चाँदनी शाह; संगीत: दीपक जङ्गम
स्वर: नारायण गोपाल

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगि मा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनु मा
एउटा मान्छेको मायाले.......

शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अंध्यारो औंसीको रातमा पनि बल्दछ दियो बिस्वासको
नयन भरिको आँशुमा पनि बसेको हुन्छ तस्बीर त्यो
हृदय भरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो
एउटा मान्छेको मायाले.....

बिछोड हुँदाको दु:खमा पनि भरोसा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ सहाराको
मायालु बिनाको हुँदो हो कति ऊराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति निरास एक्लो सम्झना यो
एउटा मान्छेको मायाले.....

No comments:

Post a Comment