Sunday, March 11, 2012

प्रियसीका यादहरु.....

शब्द र संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल

प्रियसीका यादहरु, कोरिएको मुटु
एकान्तमा आज यहाँ, फुकाएर हेरें
पिरतीका घातहरु, भरिएको मुटु
रसिएका दुई आँखालाई, सुकाएर हेरें
प्रियसीका यादहरु.....

जीवन यहाँ जताततै, संगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर, भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो, संगालेको जेथा जस्तै
प्रियसीका यादहरु....

सम्झनाका छाँयाहरु, छाती भरि धुंवा जस्तै
तिर्खाएको पानीलाई, नमेटिने कुंवा जस्तै
वास खोज्दै उडी हिड्ने, सिमलको भुवा जस्तै
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
प्रियसीका याद हरु....

No comments:

Post a Comment