Tuesday, March 20, 2012

कहिलेकाहीं म हाँस्छु......

शब्द: नीर शाह; संगीत: सी.के. रसाइली
स्वर: नारायण गोपाल

कहिलेकाहीं म हाँस्छु, धेरै बेर हाँस्छु
जो हांसीरहेछन केवल, उनीहरु को माझ हाँस्छु

न त कैले कसैले सोधे
न त मैले कसैलाई सुनाएँ
आफ्नो जीवनका पिडाहरुलाई
कहिलेकाहीं रिसाउँछु
जो अत्याचार गरीरहेछन
केवल उनीहरु सित रिसाउँछु

संधै अपुरो भइ रह्यो
संधै अधुरो रही रह्यो
आफ्नो जीवनका लक्षहरु सारा
कहिलेकाँही म पिउंछु
तर धेरै पिउंछु
जो होश हराउन खोज्छन
केवल उनीहरु सित पिउंछु

No comments:

Post a Comment