Wednesday, March 28, 2012

यहाँ बाँच्ने हर....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

यहाँ बाँच्ने हर जीवनलाई आफ्नु आफ्नु स्वार्थ प्यारो छ
यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ

बादलले हात फैलाई, आकाशलाई प्यार माग्दछ
तारा अरिसले जल्दछ , बादल रोएर झर्दछ
तारा साक्षीमा राखेर, बादललाई छुन गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ
यहाँ बाँच्ने हर....

सागरले जोशमा मातेर, किनार अंगाल्न खोज्दछ
किनार लजाई झन् भाग्दछ , सागरमा हुरी चल्दछ
सागर किनारको भेटलाई, साँच्चै प्यार भन्न गाह्रो छ
यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ
यहाँ बाँच्ने हर....

No comments:

Post a Comment