Monday, March 19, 2012

सिरिमा सिरी नी कान्छा.....


संकलन: धर्म राज थापा
स्वर: नारायण गोपाल र ज्ञानु राणा

केटि - सिरिमा सिरी नी कान्छा बताश चल्यो
बावरी फूलको बासना सुन मेरो निरमाया
मायालु आयो नी कान्छा फालेर हान्दै
नबोले पनि हाँसन सुन मेरो निरमाया

केटा - ढुंगाको छानो नी कान्छी टिनको छानो
नौतल्ले घरको वहाँ सम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नी कान्छी भेट र भा छैन
यो माया लैजाउँ कहाँ सम्म सुन मेरी निरमाया

केटि - उकाली ज्यानको के चिसो पानी गोगन पातले पिउँला
फूल गुँथेर देवतालाई दिउँला जोबन कल्लाई दिउँला
बाढीमा आयो नी कान्छा मर्स्यांग्दी गंगा
वारी है पिपल पारी बर सुन मेरो निरमाया
नमरी बाँचे नी कान्छा काल ले सांचे
यो माया लाउंला जनक भर सुन मेरो निरमाया

केटा - दिनै र भरि घाँस र काट्यो कोइरालो र टाँकी
आधि र बैंश यसरि गयो आधि रह्यो खाली
घाँसै र काट्यो नी कान्छी गोगन डाली
सेपिलो ठाउंमा चाँप होला सुन मेरी निरमाया
बोलेर मात्रै नी कान्छी के फाइदा हुन्छ
रिसानी भए माफ होला सुन मेरी निरमाया

No comments:

Post a Comment