Thursday, March 22, 2012

तिमि एक फूल....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र अरुणा लामा

तिमि एक फूल हौ भने म फूलको पराग
दुइ बेग्ला बेग्लै गीतका मन एक मधुर राग

मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन
युग नै म भुल्न सक्दछु म पाउन यो मिलन
तिमिलाई पनि रिझाउने मेरो प्रेम नै महान
तिमि एक फूल हौ...

एक दिन मलाई ल्याउँदछ सबै थाम्न सक्छु म
तिम्रो बाटुलो घोर आँखालाई तर्साउन सक्छु म
मेरो प्यार मेरो प्राण भए तिम्रो प्यार हो बलिदान
तिमि एक फूल हौ...

No comments:

Post a Comment