Monday, March 19, 2012

मेरो आँखालाई राख्ने.....

शब्द: हरिभक्त कटुवाल; संगीत: अम्बर गुरुङ
स्वर: नारायण गोपाल

मेरो आँखालाई राख्ने फूलबारी छैन, तिम्रो मुहारमा राखुँ की
मेरो बतासलाई बाँध्ने सुगन्ध छैन, तिम्रो विश्वासमा राखुँ की

पहाड भन की मधेस भन घुमेको मै पनि
बैसाख भन की पानीको रिमझिम रुझेकै मै पनि
जसरि पनि जीबन झुल्छ जसरि फुल्छ बन
मर्नलाई बाँकी रहेन केहि बाँकी छ यहि मन
मेरो यहि मनलाई राख्ने घुम्ती घर छैन
तिम्रो दोभानमा राखुँ की

उदास भन की खुसि भन की भएकै म पनि
राम्रा नराम्रा दुवै नै थरि भएकै म पनि
जतानै पनि जोबन फुल्छ जसरि फुल्छ फूल
मायालु मात्र बेग्ला नै बेग्लै मायाको एउतै फूल
मेरो मायालाई राख्ने झ्यालखाना छैन
तिम्रो दोभानमा राखुँ की
मेरो आँखालाई राख्ने....

No comments:

Post a Comment