Thursday, March 29, 2012

बिरही माया....

शब्द: दीर्घ सिंह बम; संगीत: भुपेन्द्र रायमाझी; चलचित्र: “चोट”
स्वर: नारायण गोपाल

बिरही माया अधुरो रह्यो बिर्सनु कसरि
तडपाई दिन्छ जलाई दिन्छ याद आउँछ बेसरी
बिरही माया....

तप्किन खोज्छन आँशुका थोपा, गोधुली साँझमा
डुबाई गयौ, यो जिन्दगानी, सागर माझमा
किनारा छैन सहारा छैन मन थामुं कसरि
तड्पाई दिन्छ....

नदि झैँ बग्ने त्यो तिम्रो माया झरना झैँ झरेछ
सपना रम्ने आँखामा मेरो पर्दाले खसेछ
गोरेटो छैन, उज्यालो छैन, म हिडुं कसरि
तड्पाई दिन्छ...

(यो गीत स्वर सम्राट स्व. नारायण गोपालको स्वर यात्राको अन्तिम क्रमको हो)

No comments:

Post a Comment