Tuesday, March 20, 2012

मेरो गीत म उभेको...

शब्द: नगेन्द्र थापा; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

मेरो गीत म उभेको धुलोले सुनोस
मेरो गीत यहींको चुपचापले सुनोस
मेरो गीत कोहि सुन्दैन भने
आकाश बताशले सुनोस

मुटुका अनेक रगत साँधी
सुस्केरा अनि पसिनाले सुनोस
भिज्दैन धारा पसिनाले भने
छातीका चिरा धरतीले सुनोस

आँशुका ध्वनि कानले होइन
छातीका थुप्रै व्यथाले सुनोस
शहरमा गीत कहालिन्छ भने
डाँडा काँडा गोरेटोले सुनोस

No comments:

Post a Comment