Sunday, March 25, 2012

पोखिएर घामको झुल्का....

शब्द: हरिभक्त कटुवाल; संगीत: अम्बर गुरुङ
स्वर: नारायण गोपाल

पोखिएर घामको झुल्का भरि संघारैमा
तिम्रो जिन्दगीको ढोका खोलुं खोलुं लाग्छ है
सयपत्री फूल टिप्दै भरि आँगनमा
बतासैको भाषा टिपी बोलुं बोलुं लाग्छ है

कति कति आँखाहरु बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति  धेरै मानिसका यति धेरै आँखाहरु
मलाई भन्ने तिम्रो आँखा रोजुं रोजुं लाग्छ है

उडु उडु लाग्छ किन प्वाँख कैले पलायो
मनको शान्ति तलाउको पानी कसले चलायो
आफैलाई थाहा छैन कसलाई थाहा होला
त्यसैले त तिमि संग सोधुँ सोधुँ लाग्छ है
 

No comments:

Post a Comment