Saturday, March 24, 2012

दुइटा फूल देउरालीमा....

शब्द: ईश्वर बल्लभ; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

दुइटा फूल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ
कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ
देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ
कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ
दुइटा फूल देउरालीमा...

गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा, पसिना
सुकाई दिए जस्तो लाग्छ, पात हम्की पिपलको
बिसौनीमा जिन्दगीको, पसिना
लत्रेका ती परेलीको, सम्झना छ जस्तै लाग्छ
कतै टाढा जाँदा खेरि...

राती फुल्ने फूल टिपी, सिउरी दिए जस्तो लाग्छ
कुनै राति बसेको त्यो, बासमा
ओट मुनि आकाशको, छायाँ मुनि धरतीको
रात मुनि बसेको त्यो, बासमा
बिर्से बिर्से जस्तो लाग्छ, सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदा खेरि....

No comments:

Post a Comment