Friday, March 30, 2012

प्रेमको माला....

शब्द: राजेन्द्र रिजाल; संगीत: सी. के. रसाइली
स्वर: नारायण गोपाल

प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो, संगाली राख यसलाई
प्रेमको माला...

तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु २
सुखमा पनि दु:खमा पनि २, एउटै भाब म पोखीरहन्छु २
प्रेमको माया...

मायाको बन्धनले बाँधी दिएँ, दुइ दिनको सहारा होइन २
पबित्र सिन्दूर छरीदिएँ २, तृष्णामा मुछिएको माया होइन २
प्रेमको माला...

No comments:

Post a Comment