Tuesday, March 20, 2012

मेरो यो गीतमा.....

शब्द: हरिभक्त कटुवाल; संगीत: अम्बर गुरुङ;
स्वर: नारायण गोपाल

मेरो यो गीतमा जुन मुर्छना छ २
त्यो तिमि होइनौ को भन्न सक्छ २

एउटै छ धरती, आकाश एउटै
एउटै छ उछ्वास, चाहना एउटै २
तरंग धेरै विछिप्त मनमा
आँखाले मात्र, को गन्न सक्छ २

तिमि हात देउ, म प्रीत दिन्छु
तिमि आँट देउ, म जीत दिन्छु २
रहर कुदेका पाइलाहरुलाई
बन्धनको सगर को खन्न सक्छ २

No comments:

Post a Comment