Thursday, March 22, 2012

मेरो गीत मेरै प्रतिबिम्ब...

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

मेरो गीत मेरै प्रतिबिम्ब होइन
यो टुटि जाने होइन, जो फुटी जाने होइन
आकाश जस्तै अमर गीत मेरा
म जस्तो दुइ दिनको पाहुना होइन
मेरो गीत....

केहि गुनगुनाउँछु धेरै शान्ति पाउँछु
त्यहि शान्ति बाँटन नै यहाँ गीत सुनाउँछु
म ल्याउँछु सागर बाट अन्जुलिमा पानी
एक एक बुँदले सबको प्यास मेट्न खोज्छु
सबैलाई रिझाउने मेरो गीत होइन
तिमीले नसुन्दैमा गीत मर्ने होइन
आकाश जस्तै...

गीत चोरी ल्याएँ सागर बाट
आकाशको निलो गहिराइ बाट
सुनी हेर सबमा गीतको मुहान छ
यहीं जिउँदो श्वास फेर्ने जहीं तहीं हावा छ
मेरो गीत भन्ने अधिकार छैन
गीतको पो म हुँ मेरो गीत होइन
आकाश जस्तै...

No comments:

Post a Comment