Tuesday, March 20, 2012

यो कस्तो व्यथा....

शब्द: ईश्वर बल्लभ; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

यो कस्तो व्यथा हो लिएर मनमा
हिंडिरहेछु

यी भत्कीरहेका पाइलालाई सोधें
के भो भनेर केहि होइन भन्छन
यी चर्किरहेका भित्तालाई सोधें
के भो भनेर केहि होइन भन्छन
यी सल्किरहेका आगोलाई सोधें
के भो भनेर केहि होइन भन्छन

यो कस्तो रहर हो बोकेर एक्लै
हिंडिरहेछु
यो कस्तो व्यथा हो....

No comments:

Post a Comment